मूल्य सिद्धान्त
अर्थशास्त्रको केन्द्रीय विषय भनेको मूल्य सिद्धान्त (Theory of Value) हो । अर्थशास्त्रका बांकी सबै विषय यसैको वरिपरि घुम्छन् । उपभोग, उत्पादन, विनिमय र वितरण मात्र होइन सरकारी वित्तमा समेत मूल्य सिद्धान्तको महत्त्वपूर्ण भूमिका हुन्छ । व्यष्टि अर्थशास्त्र, जुन आधुनिक अर्थशास्त्र विषयको मूल हो, त्यसको अर्को नाम नै मूल्य सिद्धान्त हो ।
वस्तुको मूल्य निर्धारण
[सम्पादन गर्नुहोस्]लागत सिद्धान्त
[सम्पादन गर्नुहोस्]वस्तुको मूल्य निर्धारण माग र पूर्तिका शक्तिले गर्छन् भन्ने आज सामान्य स्वीकृति छ तर सुरुमा अर्थशास्त्रीहरुबीच अर्थशास्त्रको मूल्य निर्धारण कसरी हुन्छ यस विषयमा गम्भीर मतभेद थियो । एक थरी अर्थशास्त्रीहरुका अनुसार, वस्तुको मूल्य त्यसमा लागेको श्रम लागतद्वारा निर्धारित हुन्छ । यस सम्बन्धी प्राथमिक विचार एरिस्टोटल र सेन्ट थोमस अक्विनास जस्ता विद्वानहरूले प्रस्तुत गरेका हुन । [१] कुनै वस्तुको वास्तविक मूल्य त्यसलाई प्राप्त गर्नमा परेको श्रम र कष्ट नै हो ।[२] जे बी से र डेभिड रिकार्डोले पनि उतपदनको लागत सिद्धान्तलाई समर्थन गरेका छन् । माक्र्सले यस मतलाई बेशी मूल्यको सिद्धान्तको रूपमा विकसित गरे । यस सिद्धान्तको मुख्य आलोचना के हो भने जुन वस्तुको माग नै छैन त्यसको लागत जतिसुकै भए पनि त्यो मूल्य निर्धारित हुन सक्दैन ।
उपयोगिता सिद्धान्त
[सम्पादन गर्नुहोस्]अर्का थरी अर्थशास्त्रीहरूले वस्तुको मूल्य त्यसबाट प्राप्त उपयोगितामा भर पर्छ भनेका छन् । यस विचारको विकास निकोलस बारबन, जोन लक, र टरगो, कार्ल मेन्जर जस्ता क्लासिकल र सबै अष्ट्रियन अर्थशास्त्रीहरूले गरेका हुन् । रिचार्ड क्यान्टिलियनका अनुसार, त्यो हरेक वस्तु मह“गो हुन जान्छ जुन दुर्लभ हुन्छ । तसर्थ, दुर्लभता मूल्य निर्धारणको एक महत्त्वपूर्ण तŒव हो । [३] यस सिद्धान्तले वस्तुको उत्पादन गर्दा त्यसमा पर्ने लागतलाई पूरै बेवास्ता गरेकोले यो मत पनि आलोचित भयो ।
मार्शलद्वारा समन्वय
[सम्पादन गर्नुहोस्]मार्शलले यी दुवै मतको समन्वय गर्दै के निष्कर्ष निकाले भने वस्तुको मूल्य केवल उत्पादन लागत (पूर्ति पक्ष) वा केवल वस्तुको उपयोगिता .माग पक्ष) द्वारा मात्र निर्धारित हुंदैन । मूल्यको निर्धारणमा दुवै पक्षको योगदान हुन्छ । जसको न्यूनतम सीमा लागत पक्षको आधारमा र अधिकतम सीमा माग पक्षको आधारमा निर्धारित हुन्छ । त्यसैले अर्थशास्त्रमा के भन्ने गरिन्छ उतपदन लागत कि उपयोगिता भन्ने गाउंखाने कथाको ठीक उत्तर ११० वर्ष अघि मार्शलले दिइसकेका छन् ।[४]